हिँड्दा हिँड्दै बसपार्कमा नै महिलाले जन्माइन् बच्चा ! हेर्नुहोस्

समाचार

सोमबार बिहान करिब ६ बजेको थियो, विराटनगर बसपार्कमा एक महिला प्रसव पीडामा छटपटाइरहेकी थिइन् । उनी थिइन् सुनसरीको इटहरी उपमहानगरपालिका–७ गैसारकी ३५ वर्षीय सालु सरदार ।बच्चा जन्मि एका बेला आवश्यक पर्ने कपडा किन्न भारतको जोगवनी बजार जाने क्रममा विराटनगर बसपार्क आइपुगेपछि उनलाई प्रसव पीडाले च्यापेको हो । त्यही क्रममा उनले छोरा जन्माइन् । महिलाले खाली भूइँमै शिशु जन्माएको कुरा सुनेपछि स्थानीयको सडक मै भिड लाग्यो ।

सालुलाई नवजात शिशुसहित विराटनगर–११ जनपथकी सन्तोषी श्रेष्ठले प्रहरीसँग समन्वय गर्दै आफ्नो बा १६ च ३६७९ नम्बरको कारमा राखेर बिहान ६ बजे उद्दार गर्दै उपचारकालागि कोसी अस्पताल पु¥याइन् । प्रसव पीडाले छटपटाइरहेकी महिला सडकमै सुत्केरी भएपछि उद्दार गरेर अस्पताल पु¥याइएको श्रेष्ठको भनाई छ ।मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले खुल्ला ठाउँमा महिला सुत्केरी भएको सूचना प्राप्त भएपछि स्थानीयसँग समन्वय गर्दै सुत्केरी अवस्थाकी महिला र नवजात शिशुलाई उद्दार गरिएको बताए ।

महिलाले सडकमै बच्चा जन्माएर अप्ठेरोमा परेको जानकारी आएपछि स्थानीयको सहयोगमा प्रहरीले अस्पतालसम्म पुर्याएको अधिकारीले बताए । अस्पतालका सूचना अधिकारी विष्णु बहादुर बुढाथोकीले सुत्केरी आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । उपचारमा संलग्न चिकित्सकका अनुसार शिशुको तौल २ दशमलव ७ किलोग्राम रहेको बुढाथोकीले बताए ।सडकमै बच्चा जन्माउने सालुका पहिलो सन्तान छोरा १२ वर्षका छन् ।

दुई महिना अघि श्रीमान ४० वर्षीय राजकुमारको अचानक मृ**त्यु भएपछि घरमा छोरा र उनी मात्र थिईन् । पारिवारिक आर्थिक अवस्था एकदमै कमजोर रहेको र श्रीमान्को पनि मृ**त्यु भएपछि थप समस्यामा परेको सालुले बताइन् । उनले गर्भवती भएपछि अहिलेसम्म चेकजाँचका लागि कुनै पनि अस्पताल र स्वास्थ्य संस्था नगएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *