आफू मरेर गएपनी श्रीमानलाइ मायाको चिनो छोडिन प्रमिलाले :हेर्नुहोस –

समाज

जापानको नागोयामा म्याग्दीकी एक चेलीको निधन भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका ३ पिप्ले घरभई रोजगारीको सिलसिलामा नागोयामा रहेकी प्रमिला दर्जीको बिहीबार साँझ उपचारको क्रममा अस्पतालमा निधन भएको हो । १ महिना अगाडि सुत्केरी भए की दर्जी ब्रेन ट्यूमरबाट पीडित थिईन् ।

‘अस्पतालमा एक सुत्केरी चेलीलाई गुमाउनुपरेको छ,‘ ब्रेन टयूमरको अन्तिम स्टेजमा पुगेको चिकित्सकले जानकारी दिएपछि मात्रै हामीले थाहा पायौं’ मोना जापानका बरिष्ठ उपाध्यग सचिन श्रेष्ठले भने। उ नका अनुसार प्र मिलाको अवस्था जटिल भएको अवस्थामै छोरीलाई जन्मदिएको बताए ।

नवजात शिशुको अवस्था समान्य छ । गम्म्भीर अवस्थामा अस्पतालमा भर्ना भएपछि मोना जापानका अध्यक्ष दिपक कार्कीको पहलमा चिकित्सकसंग परामर्श गरी प्रमिलाको उपचारमा जापानमा रहेका बरिष्ठ चिकित्सकहरुको समेत परामर्श लिइएको थियो ।

‘अचेत अवस्थामै छोरीको जन्मभयो,‘चिकित्सकको प्रयास सफल हुन सकेन’ अध्यक्ष केसीले भने ।उनका अनुसार उपचारको क्रमममा बिहिबार साँझ अस्पतालमा निधन भएको हो । ४ वर्ष अगाडि विद्यार्थीकारुपमा जापान आएका र हाल रोजगारीमा संलग्न दिनेश दर्जीकी धर्मपत्नी हुन् ।

सन्तानको जन्म दिएपनि १ महिनाको शिशुको पालनपोषण गर्ने, हुर्काउने जिम्मेवारी र पत्नी वियोगको पीडामा अहिले दिनेश भावविह्वल भएका छन्। प्रमिलाको उपचारका लागि मोना जापानले आर्थिक सहयोग जुटाउने तिब्र अभियान चलाईरहेको र आउँदो आइतबार संकलित रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको थियो

प्रमिलाको शनिबार बिहान ९ बजे मियकेनको निशिबेस्शो, कुवाना भन्ने ठाउंमा अन्त्येष्टी गर्ने तयारी भइरहेको छ । शिशुलाई थप पालनपोषणका लागि नेपालमै लैजाने तयारी भइरहेको छ। घटनाले जापानमा रहे का म्याग्देली स्तब्ध भएका छन् । उपचार तथा बालिकाको पालनपोषणका लागि आर्थिक संकलन समेत भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *