हट अवतारमा नम्रता, अघोरी बाबाको लाईफ ड्यामेज डाईलोग हेर्नुहोस (भिडियो सहित)

भिडियो मनोरंजन

अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म जाइराको ट्रेलर बुधबार रिलिज गरियो । राजधानीमा आयोजित कार्यक्रममा फिल्मको मार्सल आर्ट र रोमान्सले भरिएको ट्रेलर रिलिज गरियो ।

कार्यक्रममा अभिनेत्री नम्रता श्रेष्ठको एक रहस्य निर्देशकले खोलिदिएका छन् । निर्देशक आशुतोष राज श्रेष्ठका अनुसार, यो फिल्ममा एक्सन गर्दा गर्दै नम्रता बिरामी परेकी थिइन् । उनको शरीरमा खुबै चोट पनि लागेको थियो । तर, अभिनेत्री श्रेष्ठले काम रोक्न चाहिनन् । यसका लागि उनले पेन किलर खाएर काम गरेकी थिइन् ।

नम्रताले थुप्रै पटक पेन किलर खाएर काम गरेको भन्दै निर्देशक श्रेष्ठले उनलाई नै हेरेर यो फिल्मको कथा लेखेको पनि बताए । अभिनेत्री श्रेष्ठले पनि करिब ६ महिना भन्दा बढी समय आफूले मार्सल आर्ट सिकेको बताइन् ।

Watch Full Video

Leave a Reply

Your email address will not be published. Required fields are marked *