मुहान पुरिँदै गएपछि सङ्कटमा तातोपानी कुण्ड

समाचार

म्याग्दी । प्राकृतिक चिकित्सालयका रुपमा चर्चित म्याग्दीका तातोपानी कुण्डका मुहान पुरिँदै गएपछि कुण्ड पनि सङ्कटमा पर्न थालेका छन् ।

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गतको बागलुङ–बुर्तिवाङ खण्डको खहरेखोलामा मोटरेबल पुल निर्माण गरिएको छ । बागलुङ नगरपालिका–३ र काठेखोला गाउँपालिका–१ को सिमानामा बग्ने खहरेखोलामा मोटरेबल पुल निर्माण भएपछि सवारीसाधन तथा पैदलयात्रुलाई सहज भएको छ ।

बर्खाका निकै ठूलो खोला बग्ने खहरेखोलामा सवारीसाधन आउजाउ गर्नका लागि निकै समस्या भएका कारण १८ महीना अगाडि पुल निर्माण थालिएको मध्यपहाडी लोकमार्गले जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बुर्तिवाङ खण्डमा निर्माण भएका आधा दर्जन पुलमध्ये अन्तिम पुल खहरेखोलामा निर्माण गरिएको आयोजनाका कार्यालय पर्वतका प्रमुख आशिष थापाले जानकारी दिनुभयो ।

पुल निर्माण अगाडि बर्खाको समयमा खोलाबाट निकै जोखिम मोलेर सवारीसाधन तथा पैदलयात्रु आवतजावत गर्दै आएका थिए । पुल निर्माणसँगै सवारीसाधन तथा पैदलयात्रुलाई एकैसाथ सहज भएको स्थानीयवासीले बताएका छन् । खहरेखोलामा झोलुङ्गे पुलसमेत नहुँदा पैदलयात्रीलाई खोला तर्नुपर्ने बाध्यतानै रहेको थियो । १८ महीनामा सक्ने गरी जयबाबा/ओखलढुङ्गा/बिएमए निर्माण सेवाले ठेक्कामार्फत पुल निर्माण गरेको हो । समयमा नै मोटरेबल पुल निर्माण नहुँदा यात्रुले समस्या भोगिरहेको सन्र्दभमा खहरेखोला मोटरेबल पुन भने समयावधिभित्रै सकिएको छ ।

बीस मिटर लम्बाइ तथा ११ मिटर चौडाइ रहेको उक्त पुल रु दुई करोड ८९ लाखमा निर्माण गरिएको निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि विमलेश आचार्यले बताउनुभयो । “लोकमार्गले निर्माण गरेको पुलको डिजाइनमा समस्या नभएको भए १० महीनामै सकिन्थ्यो”, आचार्यले भन्नुभयो, “पुरस्कारको छनोटमा परेको पुल डिजाइन सच्याउँदा समयअवधिभित्र मात्र निर्माण गर्न सकियो ।”

पछिल्लो समय मध्यपहाडी पुष्पलाल लोकमार्गले गतिलिन थालेको छ । आगामी असारसम्म लोकमार्गको बागलुङ खण्ड कालोपत्रे गर्ने गरी काम अगाडि बढेको लाकमार्ग आयोजनाले जनाएको छ । अहिले खहरे खोला नजिकैको चट्टान कटानका लागि लोकमार्गको बागलुङ खण्ड दैनिक आठ घण्टा बन्द गरिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *