बडादशैंमा सशस्त्र प्रहरीले तीन दिन नि:शुल्क बस सेवा सञ्चालन गर्ने

समाचार

विगतका वर्ष झै सशस्त्र प्रहरीले पनि दशैंमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । सेनाले दशैंको टीकाको दिनमात्र निःशुल्क बस चलाउने भए पनि सशस्त्र प्रहरीले भने तीन दिन निःशुल्क सेवा दिने भएको हो। निःशुल्क बस सेवा बडादशैंको नवमी, दशमी र एकादशीका दिन बिहान ८ बजेदेखि सञ्चालन हुने सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

बडा दशैंको बेला सार्वजनिक यातायातका साधनहरु कम चल्ने भएकोले सर्वसाधारणको आवत जावतमा सुविधा पुर्‍याउने उद्देश्यले निःशुल्क बस संचालन गर्न लागिएको उनले बताए । एउटा बस सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक बाट यात्रुको सेवामा निस्कने छ । सो बसले ठूलो भर्‍याङ, बनस्थली, वालाजु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरुलाई सेवा प्रदान गर्ने छ ।

दोस्रो बस पनि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाटै निस्कने छ र त्यसले सितापाइला, कलंकी, बल्खु हुँदै विभिन्न ठाउँका यात्रुहरुलाई निःशुल्क सेवा प्रदान गर्ने छ । त्यसमा यात्रा गर्नेहरुले भाडा तिर्नु नपर्ने सशस्त्र प्रहरीले जनाएको छ । यसै बीच सशस्त्र प्रहरीले वडादशैंको अवसरमा देशका विभिन्न ठाउँहरुमा १३४ पिङ बनाइदिएको छ ।नेपाल  इन्साइडर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *