अशोक दर्जीको परिवारले यस्पाली दशैं काठमाडौंमा मनाउँदै

समाचार

दशैंको माहोलमा रमाउन परदेशबाट गाउँघर जानेहरुको सङ्ख्या आजबाट केही मात्रामा कम हुन थालेको छ।

त्यस्तै कलाकारहरुको यस्पाली बडा दशैं कसैले विदेशमा मनाउँदैछन् भने कतिले गाउँमा त अधिकांश कलाकारहरुले य१ बर्षको दशैं काठमाडौंमै बसेर मनाउने बताएका छन् ।

झापाका भाइरल बाल गायक अशोक दर्जीले यो बर्षको दशैं काठमाडौंमै परिवार सँग मनाउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्दै आइरहेका अशोक दर्जीका बुवाले दशैं विदा नपाएपछि स-परिवारले दशैं राजधानीमै मनाउन लागेको अशोक दर्जी बताउँछन् ।

यतिबेला अशोक दर्जीको झापामा रहेको नयाँ घरमा ताला लगाएर परिवार नै काठमाडौं आएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *