भारतीय पूर्व क्रिकेट खेलाडी चन्द्रशेखरले गरे आत्महत्या

एजेन्सी । भारतीय पूर्व प्रसिद्ध क्रिकेट खेलाडी भीबी चन्द्रशेखरले ऋणको चिन्ताका कारण आत्महत्या गरेका आशङ्का गरिएको भारतीय प्रहरीले शुक्रबार बताएको छ । “सन्ताउन्न बर्षीय चन्द्रशेखरलाई उहाँको परिवारले दक्षिणी शहर चेन्नईमा बिहीबार साँझ मृत अवस्थामा भेटेका प्रहरीलाई जानकारी दिइएको छ,” अनुसन्धानमा सम्लग्न प्रहरी अधिकारी सेन्थिल मुरूगानले बताउनुभयो । मोरूगनले एएफपीलाई बताउनुभयो, “हामीले घटनालाई अप्राकृतिक मृत्युका रूपमा दर्ता गरेका […]

Continue Reading

अमेरिकी दूतावासले सन्दिपलाई बोलायो

काठमाडौं। नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकी दूतावासले बोलाएको छ । मंगलबार बिहान उनलाई भिसा दिन अस्वीकार गरेको दूतावासले दिउँसो फेरि उनलाई बोलाएको हो । सन्दिपले क्यारेबियन प्रिमियर लिग खेल्नको लागि जान भिसा मागेका थिए । मंगलबार बिहान सन्दिपले दूतावासमा भिसाको निवेदन दिएपछि दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । लगत्तै सन्दिपले ट्वीटरमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, परराष्ट्र […]

Continue Reading

क्रिकेट वरीयता : पारस खड्का धोनी र गेलभन्दा अगाडि

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा घोषित पछिल्लो वरीयतामा ठूलो फड्को मारेका छन्। आईसीसीद्वारा घोषित टीट्वन्टी खेलाडीको अलराउन्डर वरीयतामा पारस २५औं स्थानमा उक्लिएका हुन्। यसअघिको टीट्वेन्टी अलराउन्डर वरीयतामा पारस ३९औं स्थानमा थिए। उक्त वरीयतामा पारस विश्व क्रिकेटका थुप्रै स्थापित नामहरुभन्दा अगाडि छन्। उनी न्युजिल्यान्डका चर्चित खेलाडी कोलिन […]

Continue Reading

मिल्ने साथी पेपेलाई बेचे रोनाल्डोले आफ्नो घर !

फुटबलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले पोर्चुगलमा रहेको घर आफ्ना मिल्ने साथी पेपेलाई बेचेका छन् । पेपे र रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टिमबाट सँगै खेल्दै आएका छन् ।रोनाल्डोले पोर्चुगलको गेरेसमा रहेको घर ३५ लाख पाउण्डमा बेचेका हुन्। रोनाल्डो र पेपेबिच घर सम्बन्धी विषयमा युइएफए नेशन्स लिग अन्तर्गत पोर्चुगलका लागि खेल्ने क्रममा सहमति भएको बताइएको छ । पेपे […]

Continue Reading

नेपाल र पपुवा न्यू गिनीसँग त्रिकाेणात्मक सिरिज खेल्ने सिंगापुरकाे याेजना

नेपाललाई पहिलो पटक टी-२० मा हराएर पहिलो पटक नै विश्वकपको ग्लोबल छनोटमा पुगेको सिंगापुरले फेरि नेपालसँग त्रिकोणात्मक सिरिजको योजना बनाएको छ । विश्वकप छनोटको अन्तिम चरण खेल्नुअघि सिंगापुर क्रिकेट संघले नेपाल र पपुवा न्यू गिनीलाई बोलाएर त्रिकोणात्मक सिरिज गराउने योजना बनाएको हो ।सिंगापुरमा नै हुने त्रिकोणात्मक प्रतियोगिता सेप्टेम्बर महिनामा गर्ने सिंगापुर क्रिकेट संघको योजना छ […]

Continue Reading

बोलिभियन च्याम्पियनलाई नकआउट हानेर जापानमा उचाले नेपाली झण्डा : खेलाडी अविरल घिमिरे

नागोया (जापान), १२ साउन । किक बक्सिङका उदियमान नेपाली खेलाडी अविरल घिमिरेले जापानमा पुनः सफलताको अर्को अध्याय कोरेका छन् ।आज दिउँसो जापानको नागोयामा सम्पन्न ‘हिट ४५’ नाम दिइएको भिडन्तमा ‘हिमालयन चितुवा’ उपनाम पाएका घिमिरेले बोलिभियाका च्याम्पियन फ्रान्को गुथीलाई नकआउट हानेर प्राफेसनल बक्सिङमा सफलताको अर्को इतिहास रच्न सफल भएका हुन् । जापानको नागोया नागोया काँग्रेस केन्द्रको […]

Continue Reading

सिंगापुरले नेपाललाई दियो १९२ रनको लक्ष्य [लाइभ भिडियो]

काठमाडौँ — विश्व ट्वान्टी–२० एसिया छनोटमा सिंगापुरले नेपाललाई १९२ रनको लक्ष्य दिएको छ । सिंगापुरका प्रारम्भिक ब्याट्स्म्यानहरुले राम्रो खेल प्रदर्शन गरेपछि सिंगापुरले दरिलो रन बनाउन सफल भएको हो । नेपालका बलरहरु अन्तिम खेलमा सिंगापुर सामु निरिह देिखएका थिए । आजको खेल विजेता टोली फाइनल पुगेर ग्लोबल छनोटमा पर्नेछ । सिंगापुर अंक तालिकाको शीर्ष स्थानमाभएकालेनेपालले ग्लोबल छनोटका लागि उसलाई हराउनै […]

Continue Reading

भोलि उत्कृष्ट क्रिकेट खेल्नैपर्छः पारस खड्का

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले आइसीसी टि–२० विश्वकप एसिया छनौट अन्तर्गत भोलि(आइतबार) हुने सिंगापुरविरुद्धको खेलमा उत्कृष्ट क्रिकेट खेल्नैपर्ने बाध्यता रहेको बताएका छन्। आइतबार हुने नेपाल र सिंगापुरबीचको खेलको विजेता एसिया छनौटको शीर्षस्थानमा रहँदै ग्लोबल छनौटका लागि योग्य हुनेछ। सिंगापुर ५ अंकसहित शीर्षस्थानमा छ भने नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ। जुन टोलीले आइतबार […]

Continue Reading

ज्ञानेन्द्र मल्लको कीर्तिमानी ब्याटिङ : नेपालसँग मलेसिया ७ विकेटले पराजित

काठमाडाै‌ । कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लको विष्फोटक ब्याटिङसँगै नेपालले आईसीसी टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियामाथि सानदार जित हात पारेको छ । बुधबार मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले अघिल्लो चरणको सम्भावना कायमै राखेको हो ।८४ रनको लक्ष्य पछ्याएको नेपालले ८ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । नेपालको सहज जितमा कार्यवाहक […]

Continue Reading

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम मंगलबारदेखि सुरु हुने, धुर्मुस आए चितवन

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम मंगलबारदेखि सुरु हुने, धुर्मुस आए चितवन, रंगशाला निर्माणको काम मंगलबारबाट पुनः सूचारु हुने भएको छ । स्थानीयको समूहले जेठ १५ गते डोजर लगाएर रंगशालाको बार भत्काएको र कामदारलाई धम्की आएको भन्दै धुर्मुस सुन्तली फाउन्डेसनले काम रोकेको थियो । दुई महिनादेखि रोकिएको उक्त रंगशालाको काम अब सूचारु हुने भएको […]

Continue Reading